२१ आश्विन २०८३, बुधबार | October 8, 2026

आज इसाई धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ मनाउँदै



काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवको रुपमा आज नेपालसहित विश्वभर ‘क्रिसमस डे’ मनाइँदै छ ।

येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइने गरिन्छ । आजभन्दा २ हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो ।

आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रुसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा पनि क्रिसमसको उपलक्ष्यमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ ।

‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ । तर, यस वर्ष कोरोना भाइरसको महामारीका कारण यस पटक जमघट कम छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ७ : १५ बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप