२३ माघ २०८२, शुक्रबार | February 7, 2026

ग्लोबल आइएमई बैंक र बोधि होल्डिङ्ग प्रा. लि. बीच सम्झौता सम्पन्न



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बोधि होल्डिङ्ग प्राइभेट लिमिटेड बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङ प्रा.लि. का अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अनुसार बैंकले बोधि होल्डिङ्ग प्रा.लि.ले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासिय घर निर्माण परियोजना मार्फत घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ्ग प्रा.लि.ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : २१ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस