२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छ्रे बैंक,एकैदिन ४ स्थानमा क्यु.आर. कोड सेवाको सुरुवात



काठमाडौ । माछापुच्छ्रे बैंकले बाँकेको नेपालगञ्जमा पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यु.आर. कोड सेवाको सुरुवात गरेको छ ।

बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रम मार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले ति स्थानमा क्यु.आर. कोड सेवाको सुरुवात गरेका छन् ।

बाँकेलाई स्मार्ट बनाउने उद्देश्यले  बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्र्तगत संचालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा क्यु.आर. कोड हस्तान्तरण गरेको छ ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ्ग, धनगढि, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्यु.आर.कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नुहुनेछ भने नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम समेत क्यु.आर. कोड बाट भुक्तानी गर्न सक्नेछन् ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

यहि कुरालाई मध्यनजर गर्दै बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ३४ बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ