२० मंसिर २०८२, शनिबार | December 6, 2025

३ वटा प्रदेशका ४ स्थानमा माछापुच्छ्रे बैंकको क्युु.आर.कोड सेवाको सुरुवात



काठमाडौ । माछापुच्छ्रे बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यका शुक्रबार देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थाहरुमा क्यु.आर.कोड सेवा सुरुवात गरेको छ ।

प्रदेश नम्वर २ को गोलबजार स्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेश को चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन त्यस्तै गरि गण्डकी प्रदेशको कावासोती स्थित अमलटारी मध्यवर्ति होमस्टेमा गरि जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्यु.आर.कोड सेवा सुरु गरेको हो ।

नगदरहित कारोबारलाई प्रर्वद्धन उद्धेश्यका साथ बैंकले शुक्रबार देशका विभिन्न स्थानहरुमा क्यु. आर. कोड हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो । उक्त क्युआर कोड सेवा सुरु भएसंगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

यहि कुरालाई मध्यनजर गर्दै बैंंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ८ : ४२ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले