४ आश्विन २०८३, आइतबार | September 20, 2026

प्रधानमन्त्री ओलीले २२ तले नयाँ धरहराको आज उदघाटन गर्दै



काठमाडौं । १२ बैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त पुरानो धरहरानजिकै पुनर्निर्माण गरिएको २२ तले नयाँ धरहरा शनिबार उदघाटन गरिँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे २२ तले धरहरा उदघाटन गर्न लागेका हुन । उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् ।

कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उद्घाटनका लागि तयारी पूरा भएको र मुल धरहरा निर्माणको काम पनि लगभग सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

२०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराको बेसलाई संरक्षण गरि २२ तलाको नयाँ धरहरा बनाइएको हो । करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भइरहेको धरहराको पूरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ ।

उद्घाटन आज भए पनि आमनागरिकका लागि भने आगामी माघमा मात्र धरहरा खुला हुनेछ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आममानिस चढ्न पाउने गरी तयारी गर्न र धरहरा परिसरको सजावट पूरा गर्न अब ९ महिना लाग्नेछ ।

‘निर्माण कम्पनी र प्राधिकरणबीच २०७८ पुस १० गतेसम्म सम्पूर्ण काम सम्पन्न गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘त्यसको करिब एक महिनापछि सर्वसाधारणका लागि धरहराको प्रवेशद्वार खुला गरिनेछ ।’ उनका अनुसार निर्माण कम्पनीले काम सम्पन्न गरेर प्राधिकरणलाई हस्तान्तरण गरेपछि मात्र सर्वसाधारणका लागि कार्यविधि बन्नेछ ।

कार्यविधिमा सर्वसाधारणले पालना गर्नुपर्ने मापदण्ड र नियम समावेश हुनेछ । कार्यविधि सरकारबाट स्वीकृत भएपछि धरहरा लागि खुला हुनेछ । हाल संग्रहालय निर्माणको काम भइरहेको छ । खिचापोखरीबाट टुँडिखेलसम्म बाटो निर्माण र पार्किङको काम ६० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

धरहरामा भर्‍याङसँगै लिफ्ट पनि राखिएको छ । दुई वटा लिफ्टमध्ये एउटा सञ्चालनमा आएको छ । अर्को लिफ्ट राख्ने काम हुँदैछ । एउटा लिफ्टमा एक पटकमा १० जना उभिन मिल्छ । धरहराको संरचना अपाङ्गमैत्री छ ।

प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा महारानी त्रिपुरासुन्दरीको सम्झनामा ११ तलाको धरहरा निर्माण गराएका थिए । १९९० सालको भूकम्पले उक्त धराहरा भत्काएपछि ९ तलाको अर्को धरहरा गरिएको थियो ।

त्यस्तै २०७२ सालको भूकम्पले धरहरा फेरि तहसनहस भयो । निकै लामो छलफल र तयारी पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ धरहरा निर्माणको जिम्मा पाएको थियो । धरहराको टुप्पोमा गत आइतबार गजूर राखिएपछि रङरोगनको काम भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ५९ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी