१८ श्रावण २०८३, सोमबार | August 3, 2026

इतिहास झल्किने गरी नयाँ प्रविधिको प्रयोग गरी धरहरा पुनर्निर्माण गरेका छौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास झल्किने गरी नयाँ प्रविधिको प्रयोग गरी धरहरा पुनर्निर्माण भएको बताएका छन् ।

पुनर्निर्मित धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अवधारणा अनुसार इतिहास झल्कने र प्रविधि टल्कने गरी बनेको बताए । उनले धरहराको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउँदै भने, ‘अहिले पहिलाको जस्तो धरहरा देख्दा हामी सबैलाई खुसी बनाएको छ । यो धरहरा सुन्दर र आकर्षित तर मजबुद बनेको छ । हामीले ल्याएको अवधारणा अनुसार इतिहास झल्कने धरहरा पुनर्निर्माणमा जुट्ने सबैलाई हार्दिक धन्यवाद दिन्छु ।’

उनले आफ्नो शासनकाललाई विकासको गतिमा फड्को मारेको समयका रुपमा चित्रित गरेका छन् । उनले सडक पूर्वाधार निर्माणसहित पुनर्निर्माणका काम अघि बढेको बताए । विश्व कोभिड-१९ को महामारीसँग जुधिँरहेको स्मरण गर्दै प्रधानमन्त्रीले कोभिडबाट सुरक्षित रहँदै विकास र निर्माणका कामलाई अघि बढाएको बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका थिए । प्रधानमन्त्रीले एक समारोहकाबीच शिलालेखको अनावरण गरेर धरहराको उद्घाटन गरेका हुन्। त्यसपछि २० तल्लामा रहेको बर्दालीमा पुगेर पुष्पवृष्टि गरेका थिए । रिवन काटेर धरहरा प्रवेश गरेका प्रधानमन्त्री ओलीले लिफ्टमार्फत २० औं तल्ला पुगेर ओलीले पुष्पवृष्टि गरेका हुन । ओलीले केही समय राजधानीको दृश्यसमेत अवलोकनसमेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले २० औँ तलामा पुगेर धरहराको उद्घाटन गरे पनि यो सर्वसाधरणको लागि खुला भएको छैन् । धरहराको आसपास अन्य संरचनाको काम नसकिएकाले अझै ८ महिनापछि मात्रै धरहरा टावर सर्वसाधरणका लागि खुल्ला हुने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

पुनर्निर्मित धरहरा उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर शाक्यले मेहनत गर्दा नतिजा सुखद आउने रहेछ भन्ने गतिलो उदाहरण आज प्रस्तुत गर्न सकेको बताए । उनले पुनर्निर्मित धरहराको उद्घाटन गर्दा २०७२ सालको कहाली लाग्दो दिनको याद आउने भन्दै त्यो दुखद घटनामा ज्यान गुमाउने प्रति समवेदना प्रकट गरेका छन् ।

पुनर्निर्मित धरहरा ४२ रोपनीमा फैलिँएको छ ।

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : ०९ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल