२४ माघ २०८२, शनिबार | February 7, 2026

राष्ट्रिय वाणिज्य बैंकको मोवाइल बैङ्किङ महामेलाका विजयीहरु घोषणा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मोवाइल बैङ्किङको प्रवद्र्धनको लागि आयोजना गरेको RBB Mobile Banking महामेलाका विजयीहरुको नाम घोषणा भएको छ ।

२०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म(एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे RBB Mobile Banking महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बीच घोषणा गरिएको हो ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर (4N 5 D) मेगा पुरस्कार प्याकेज पाएका छन् । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी M01 Core ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेको बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा RBB Mobile Banking महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । बैंकसँग खाता खोली मोवाइल बैंकिङ्ग (RBB Smart) बाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति रहेको थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  २ : ५६ बजे

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड

‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

ढोरपाटन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी

आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन आउन २६ दिन बाँकी : चौतिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

काठमाडौं । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये