२४ माघ २०८२, शनिबार | February 7, 2026

यूनाईटेड फाइनान्स लिमिटेड प्राप्तिपछि आजदेखि नबिल बैंकको एकीकृत कारोबार



काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्नेप्रक्रिया पूरा भएको छ । प्राप्ति प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्स का अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र बसन्तकुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । बैंकका अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी रु. १३ अरव ८४ करोड पुग्नेछ भने कुल पुजीकोष रु ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई १३५ हुनेछ र एटिएमःसंख्या भने १८३ हुनेछ । चैत्र मसान्तको बित्तिय विवरण अनुसार निक्षेपको आकार २१६ अर्ब हुनेछ भने कर्जाको आकार २०१ अर्ब हुनेछ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको आकार २ खर्ब माथि हुनेछ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनितीअनुसार बजारमा उपस्थित हुनेछ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ११ : ५९ बजे

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई