२४ माघ २०८२, शनिबार | February 7, 2026

आठ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो



काठमाडौं । विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल आठ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स)देशभित्र भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई सात अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या जेठ मसान्तसम्म ४७.१ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३१.१ प्रतिशतले घटेको थियो । सो अवधिमा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई नौ खर्ब ७१ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १ : ०१ बजे

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई

साफ यु-१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

कास्की । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप

काठमाडौंलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी