५ पुस २०८२, शनिबार | December 20, 2025

एमसीसीका नाममा गठबन्धन तोड्ने सपना नदेखे हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन्।

काभ्रेको पाँचखालमा वाईसीएल नेपालको दोस्रो नगर सम्मेलन बिहीबार उद्घाटन सम्बोधन गर्दै प्रचण्डले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास जारी रहेको बताए । उनले एमसीसी भन्दा गठबन्धन मुख्य रहेको बताउँदै आफ्ना लागि अहिले एमसीसीभन्दा गठबन्धन जोगाउनु महत्वपूर्ण रहेको बताए ।

अध्यक्ष प्रचण्डले कुनैपनि बहानामा गठबन्धन नटुट्ने दाबी गर्दै गठबन्धनका नेताहरुका बीच आगामी चुनावसम्म गठबन्धन कायम राख्ने र चुनाव लड्ने संकल्प गरेको खुलासा गरे । ‘हिजो बेलुका शीर्ष नेताहरुको गठबन्धनको बैठकमा जस्तोसुकै मूल्य चुकाएर पनि आगामी चुनावसम्म गठबन्धन कायम राख्ने र चुनाव लड्ने संकल्प गरेका छौं,’ प्रचण्डले भने, ‘एमसीसी ल्याएर गठबन्धन टुटाइदिने, एमसीसी भएपछि प्रचण्ड र शेरबहादुर झगडा गर्छन्। अनि गठबन्धन टुट्छ भन्ने केहीको चाहना चकनाचुर पारेका छौं। हाम्रो गठबन्धनमा एमससी मुख्य होइन, गठबन्धन मुख्य बनाएका छौँ।’

गठबन्धनमार्फत जस्तोसुकै मूल्य चुकाउन तयार तर गठबन्धन भत्काउन नदिने संकल्प समेत गरेको प्रचण्डले दावी गरे ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ३ : ०८ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र