२६ माघ २०८२, सोमबार | February 9, 2026

सेतो पुतलीसँग सचेत बनौँ : सङ्क्रमण भएको ४८ घण्टाभित्र उपचार नथाले आँखाको ज्योति नै गुम्ने खतरा



काठमाडौं । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी हुन्छन् ।

यद्यपि, सबै पुतली खुसी दिनेखालका हुँदैनन् । चिकित्सकको सुझाव छ, ‘‘सेतो पुतलीसँग सचेत बनौँ ।’ सेतो पुतलीले यतिबेला नेपाली जनस्वास्थ्यलाई चुनौती दिइरहेको छ ।

सेतो पुतलीको झुस आँखामा सङ्क्रमण भएको ४८ घण्टाभित्र अस्पतालमा उपचार नथाले आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ । आँखाको भित्री भागसम्म गएर यसले दृष्टिमा क्षति पु-याउँछ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा.सञ्जीव भट्टराईका अनुसार, मानिसको दृष्टि छिनभरमै नष्ट गर्ने आँखाको खतरनाक रोग हो- सापु । सापु सङ्क्रमण भएपछि आँखामा फुलो परेकोजस्तै बाहिरबाटै टल्केको र नानी पूूरै सेतो देखिन्छ ।

यसले आँखाभित्र पानीले बनेको तहसम्म पुगेर नानी, लेन्स भित्री भाग भिट्रियससम्म सङ्क्रमण गराउँछ । यो रोगका लक्षण देखापरेको ४८ घण्टाभित्रै उपचार नगरे आँखाको दृष्टि गुम्न सक्ने उनले बताए ।

परीक्षण गर्दा कुनै पनि जीवाणु, किटाणु नरहेको देखिए त्यो सापु हो भन्ने बुझ्नुपर्छ । यो रोगको निदान तथा उपचार आँखा विभागअन्तर्गतका अस्पतालमा मात्र गर्ने गरिन्छ । सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया गरेरसमेत गर्न सकिन्छ ।

नेपाल आँखा अस्पतालका प्रमुख डा.कमलबहादुर खड्काले सेतो पुतलीबाट लाग्ने सापु रोगले जनस्वास्थ्यमा समस्या थपेको बताए । पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायत पहाडी जिल्लामा यो रोगको समस्या देखिएको छ । उपत्यकामा पनि सापुको जोखिम बढेको र यसको जोखिम भदौदेखि मङ्सिरसम्म रहने उनले बताए । आजको गोरखापत्र दैनिकमा यलु जोशीले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : १० बजे

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु