२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

इपिएल क्रिकेट : आज दुई खेल हुदै, अफ्रिदी अन्तिम खेल खेल्दै



काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) को तेस्रो दिन आज सोमबार दुई खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स इलेभेन र विराटनगर वारिवर्स भिड्ने छन् । दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स भिड्नेछन् ।

काठमाडौं र विराटनगरबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको खोजीमा हुनेछ ।

काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो । विराटनगर भने चितवनसँग पहिलो खेलमा पराजित भएको थियो। इपिएलमा मुख्य आकर्षक बनेका साहिद अफ्रिदीको आज अन्तिम खेल हुनेछ । पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदी इपिएलमा दुई खेल खेल्न आएका थिए ।

आजको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र चितवनबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । सोमपालको कप्तानीमा रहेको चितवन दोस्रो जितको खोजिमा हुनेछ ।

यसअघि आइतबार वर्षाले प्रभावित खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : २८ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा