४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले विधान महाधिवेशनलाई बाबुराम भट्टराईले भने निभ्ने बेलाको बत्ती



काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको संज्ञा दिएका छन् । डा. भट्टराईले आफ्नो ट्वीटर एकाउण्टमा ट्वीट गर्दै विधान महाधिवेशनलाई कुम्भमेला र निभ्न लागेको बत्तीको संज्ञा दिएका हुन् ।

उनले ट्वीटमा लुटको धन फुपुको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिने भन्दै देशले भने ठुलो मुल्य चुकाउनु पर्ने बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीको कदमलाई नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेल भएको भन्दै ओली प्रबृत्तिले अन्तमा स्टालिन,हिटलर र फासीवाद जन्माउने ठोकेुवा गरेका छन् ।

‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया !’ उनले भनेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ९ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको