४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीकाे पहिलाे बालमैत्री स्थानीय शासनयुक्त नगर बन्याे तिलाेत्तमा नगरपालिका



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको तिलोत्तमा नगरपालिकालाई बुधबार एक कार्यक्रमका बीच बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको हो ।

तिलोत्तमा नगरपालिकाले आयोजना गरेको घोषणासभामा पूर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका थिए ।

घोषणा कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले तिलोत्तमाले भौतिक र मानवीय विकासकालाई सन्तुलन मिलाएर अघि बढाएकोमा नगरपालिकाको प्रशंसा गरे । उनले नगरलाई दिगो बनाउन आफू सधैं प्रतिबद्ध रहेको बताउँदै तिलोत्तमाले नगरलाई बालमैत्री घोषणा गरेर आफ्नौ हैसियत उन्नत बनाएको स्पष्ट पारे । उनले भौतिक विकाससँगै सामाजिक विकासलाई पनि उत्तिकैं महत्व दिन नगरपालिकाको नेतृत्वलाई सुझाव दिए ।

प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले तिलोत्तमा नगरपालिकाले ५१ वटा सूचकको अभ्यास गरेर नगरलाई बालमैत्री नगर घोषणा गरेकोमा बधाईं दिँदै अन्य पालिकाहरुले पनि यो अभ्यास गर्नुपर्ने बताइन् ।

कार्यक्रममा बालमैत्री नगर घोषणा भएकोमा प्रदेश सरकार तथा जिल्ला समन्वय समितिको तर्फबाट नगरपालिकालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । यस्तै बालमैत्री नगर निर्माणमा योगदान गर्ने वडास्तरीय बाल क्लव सञ्जाल, नगर स्तरीय बाल सञ्जाल, वडा कार्यालयहरुलाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रममा बालबालिकाहरुले विभिन्न प्रस्तुति देखाएका थिए ।

घोषणा कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, राष्ट्रिय सभाका सांसद गोपाल भट्टराई, प्रदेशसभा सदस्य लगायतले बालमैत्री नगरलाई दिगो बनाउन आ–आफ्नो ठाउँबाट काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका थिए ।

तिलोत्तमाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा मुलकमैं पहिलो अभ्यास गरी तीमध्ये ४१ वटा सूचकहरु शतप्रतिशत र १० वटा सूचकहरुमा अधिकतम ९९.८८ प्रतिशतसम्म नतिजा हासिल गरेकै कारण नगरलाई बालमैत्री नगरपालिका घोषणा गरिएको हो ।

तिलोत्तमालाई बालमैत्रीयुक्त नगरपालिका बनाउन २०७६ मंसिर २७ गतेदेखि बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गरिएको थियो । १८ वर्षमुनिका झण्डै ४० हजार बालबालिका भएको तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएदेखिनैं शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमार्फत् बालबालिका केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका थिए । बालमैत्री अभियान सञ्चालन भएयता तिलोत्तमामा २३१ वटा बाल समुह, १८ वटा वडा र नगर बालसमूह सञ्जाल गठन भएका छन् ।

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ३२ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा