५ पुस २०८२, शनिबार | December 20, 2025

ओली नक्कली कम्युनिष्ट : खनाल



भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् ।

नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनले बताए ।

एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको जनाए ।

‘ओली जस्ता कम्युनिष्टको खोल ओढेर बसेकालाई जनताले अव चिनेर भ्रम हटाउनुपर्छ’, उनले भने । उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँंजीपति वर्गको सेवा गर्ने जनाए ।

कार्यक्रममा विभिन्न पार्टी परित्या गरी आएका ६९ जनालाई खनालले पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा. राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ०१ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र