२६ माघ २०८२, सोमबार | February 9, 2026

ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइनबाटै



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् ।

बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको छ ।

यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप “Global Smart Plus”  वा  वेभ  “www.globalonline.gibl.com.np” मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् ।

सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : २० बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य