२६ माघ २०८२, सोमबार | February 9, 2026

महानगरविरुद्ध पोखरा उद्योग बाणिज्य संघ : प्रचार कर फिर्ता लिन माग



पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रमा होर्डिङ बोर्डको शुल्क लिने सूचना जारी गरेपछि पोखराका उद्योगी व्यवसायीहरुको संस्था पोखरा उद्योग वाणिज्य संघले आपत्ति जनाएका छ । विज्ञापन करका लागि महानगरले निजी कम्पनीलाई ठेक्का दिएको छ । अब हरेक पसलले टाँसेको १० वर्ग फुटभन्दा माथिको होर्डिङ बोर्डको शुल्क लाग्ने भएको छ ।

ठेक्का पाएको कम्पनी साइन हव प्रालिले पसलहरुमा पत्र पठाएर शुल्क मागेको हो । ‘राज्यका निकाय र महानगरपालिकालाई व्यवसाय सहित अन्य कर तिरेर संचालन गरिरहेको छ । त्यसको प्रचार गर्न पाउनुपर्‍यो नि,’ संघका महासचिव सुरेन्द्रमान विजुक्छेले भने, ‘सामान्य होर्डिङ बोर्डको पनि पैसा तिर्नुपर्ने भएपछि व्यवसायीमाथी नै प्रहार गरिएको छ । यो तत्काल फिर्ता हुनुपर्छ ।’ चालु आर्थिक वर्ष २०७८/०८९ को लागि १ करोड ५ लाखमा साइन हवले विज्ञापन करको ठेक्का लिएको हो ।

संघले महानगरको सहमतिमा ठेकेदारले ज्यादती गरेको भन्दै ‘स्वेत आतंक’को संज्ञा दिएको छ । ‘व्यवसायीहरुले व्यवसाय चिनारीको लागि राखिने बोर्डहरु विज्ञापन हैनन् । नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भइ, दर्ता शूल्क, आयकर, व्यावसाय कर सहितका सबै कर तिरेका छौं,’ उनले भने, ‘कानूनले दोहोरो कर बर्जित गरेको छ ।

व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको खातिर राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्नु कानूनको उलंघनमात्रै हैन, व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण हो ।’ संघले महानगर कर तिर्ने नागरिकप्रति अराजक र स्वेच्छाचारी भएको आरोप लगाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : १२ बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य