२६ माघ २०८२, सोमबार | February 9, 2026

ग्लोबल बैंकको मिथिला चित्रकला भित्तेपात्रो सार्वजनिक



काठमाडौं । ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि.सं.२०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।

आइतबार ग्लोबल आइएमई बैंकले काठमाडौंमा एक कार्यक्रमका बीच वि.सं. २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो ।

भित्तेपात्रो सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगतमा फरकफरक किसिमका चित्रहरु राखेर भित्तेपात्रो निकाल्ने प्रचलनलाई तोडदै एउटा मात्र मिथिला चित्रकलालाई समेटेर पात्रो सार्वजनिक गरिएको बताए । उनले मिथिला कलाकारहरुलाई प्रोत्साहन गर्ने तथा मिथिला चित्रकलालाई सबै नेपाली माझ पु-याउने उदेश्यले ग्लोबल आइएमई बैंकले मिथिला चित्र समावेश गरेर भितेपात्रो बनाइएको पनि बताए ।

पछिल्लो समय मुलुकमा तरलता अभाव तथा विदेशी मुद्रा कमि भएको बेला नेपालीहरु धेरै भएको मुलुकबाट विदेशी मुद्रा ल्याउने तयारीमा ग्लोबल आइएमई बैंक लागेको ढकालले जनाए । उनले विदेशी मुद्रा नेपालमा भित्रयाउनको लागि कोरियामा ग्लोबल आइएमई बैंकको शाखा स्थापना गर्ने स्वीकृत पाइसकेको अवस्था रहेको बताए ।

अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बनाएका नीति कार्यान्वय गर्ने कुरामा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको बतए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ४ : ४० बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य