५ पुस २०८२, शनिबार | December 21, 2025

न्यायिक समिति लोकतन्त्रको वाहक हो : राष्ट्रपति भण्डारी



पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिहरू लोकतन्त्र र सभ्यताको वाहक भएको बताएकी छिन् ।

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको छ । पहिले पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको छ । यो लोकतन्त्रको सुन्दर उपहार हो ।’

राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पिडकलाई दण्ड जरीवाना गर्ने कुरा लोकतन्त्रमा ठुलो हुने बताइन् । तर, समितिले न्याय दिँदा गम्भीर हुनुपर्ने बताइन् । संविधानले स्थानीय सरकारले नै न्याय सम्पादन गर्न सक्ने व्यवस्था गरेको छ ।

पोखरा महानगरले समितिका संयोजकहरुको राष्ट्रिय भेला आयोजना गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले न्यायिक समितिको क्षेत्राधिकार किटान गरेकाले अधिकारभित्र रहेर काम गर्न आग्रह गरे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्यायिक समितिको क्षेत्राधिकार विस्तार गरेर घरदैलोबाटै न्याय दिन सकेको बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ४ : ०३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ