२६ माघ २०८२, सोमबार | February 9, 2026

माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनि सप्ताह



काठमाडौ । वित्तिय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ग्लोबल मनि सप्ताह  माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ ।

यस वर्ष मार्च २१ तारिख देखि २७ तारिख सम्म परेको ग्लोबल मनि सप्ताह अन्र्तगत बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तिय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल कलेज, क्लवहरु संग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरि अन्र्तकृया तथा साक्षरता ¥यालीहरुको आयोजना गरी ग्लोबल मनि सप्ताह मनाएको हो ।

बैंकले ग्लोबल मनि सप्ताह अन्तर्गत मिति २०७८/१२/१२ मा काठमाण्डौं लगायत देशका विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता जगाउने उद्देश्यले ¥यालि निकालेको थियो ।

विभिन्न वित्तिय साक्षरता सम्बन्धि जानकारीहरु लेखिएका प्लेकार्ड सहित राजधानीको बुढानिलकण्ठ स्थित होटल सब्रिनाबाट सुरु भएको ¥यालि भंगाल, चुनिखेल, सुन्दरबस्ति, कपन, गुम्बा, कपन हुदै पुन होटल सब्रिना मा नै आएर समापन भएको थियो ।

उक्त ¥यालिमा बैकका संचालक समितिका सदस्य जयमुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइराला लगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस्तै बैंकले ग्लोबल मनि सप्ताहकै उपलक्ष्यमा काठमाडौँ बाहिर लुम्बिनी प्रदेशको भैरहबा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार , र जनकपुर प्रदेश नं. १ मा ईट्टहरी र बिर्तामोड, सुदुरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरा लगायतका स्थानहरुमा पनि वित्तीय साक्षरता ¥यालि निकालेको थियो ।

भने सप्ताह भरि बैंकका शाखाहरुले विभिन्न स्कुल, कलेज तथा स्थानिय क्लबहरुमा विभिन्न उमेर समुहलाई लक्षित गर्दै वित्तीय साक्षरता अन्तर्गत वित्तीय ज्ञान ,सुरक्षित तथा डिजिटल बैकिङ्ग कारोबार सम्बन्धि सचेतना जगाउने उद्धेश्यले अन्र्तकृया कार्यक्रमहरुको आयोजना गरेका थिए । साथै सोहि अवधिमा बैंकले विभिन्न संचारमाध्यमहरु मार्फत वित्तिय साक्षरता सम्बन्धि रेडियो नाटक एंव जिंगल समेत प्रसारण गरेको थियो ।

 

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ५१ बजे

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ

वीरगञ्ज बजारमा छापा मार्दा तीन सशस्त्र प्रहरी घाइते, दुईवटा गाडीमा क्षति

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य