५ पुस २०८२, शनिबार | December 21, 2025

कांग्रेस बैठकः चुनावी गठबन्धन गर्ने कि नगर्नेबारे निर्णय लिन सकस



काठमाडौं । नेपाली कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय मंगलबार गर्दैछ । दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको चुनावी तालमेलको रणनीतिबारे निर्णय सार्वजनिक गर्न लागेको पार्टी प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय सार्वजनिक हुने उनको भनाइ छ । गत शुक्रबारदेखि बसेको पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनबारे छलफल भएको छ । बैठकमा स्थानीय तहको चुनावमा सत्ता गठबन्धनका दलहरूबीच आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने पक्षमा धेरै मत देखिएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धनको पक्षमा उभिएका छन् । त्यसले गर्दा आवश्यकताको सिद्धान्तको आधारमा चुनावी तालमेलको निर्णय हुन सक्ने नेताहरूले बताएका छन् ।

पार्टीले आधिकारिक निर्णय सार्वजनिक गर्न बाँकी रहे पनि पार्टी सभापति, अन्य पदाधिकारी, शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । पार्टी सभापति देउवा, नेता रामचन्द्र पौडेल, पार्टीका प्रवक्ता डा।महतलगायत गठबन्धनको पक्षमा छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि कतै एक्लै त कतै आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गर्ने बताएका छन् ।

शीर्ष नेतादेखि, पदाधिकारी र अधिकांश केन्द्रीय सदस्य सभापति देउवा पक्षको लाइनमा उभिएका बेला नेता शेखर कोइरालाले भने एक्लै चुनाव लड्नुपर्ने अडान कायमै राखेका छन् । कोइराला आफ्नो सुरुदेखिकै अडानबाट पछि नहट्दा पार्टीको १४‌औं महाधिवेशनमा उनकै समूहबाट महामन्त्री बनेका गगन थापाले भने पार्टीको निर्णयविरुद्ध मत प्रकट नगर्ने बताएका छन् । चुनाव एक्लै लड्नुपर्ने कोइरालाको प्रस्तावलाई आफ्नै समूहका नेताले समेत साथ नदिएको देखिएको छ । मंगलबारको बैठकमा यही विषयमा छलफल गरेर निर्णय लिने तयारी छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले सभापति देउवाले शेखर कोइराला समूहलाई पनि मिलाएर लैजाने गरी बीचको बाटो रोज्नुपर्ने बताए । उनले न्युज कारखानासँग कुरा गर्दै भने, ‘देउवाले नेता शेखर कोइराला, दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, दुई उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्कादेखि स्थानीय कार्यकर्तासम्मलाई सम्वोधन गर्दै मिलाएर लैजान सक्नुपर्छ ।’ स्थानीय नेता कार्यकर्ता पनि सबैजना गठबन्धनको पक्षमा नभएको भन्दै सवैको भावनाअनुरूप चुनावमा होमिनुपर्ने आचार्यको तर्क छ ।

यसअघि पार्टीमा देउवाले पेलेरै निर्णय गर्दै आएकाले यसपटक पनि कोइरालाको प्रस्तावलाई बेवास्ता गर्दै स्थानीय तहमा आवश्यकताको आधारमा चुनावी तालमेल गर्न सक्ने सम्भावना छ । चुनावी गठबन्धनका लागि संयन्त्र बनाउने तयारीसमेत भएको छ । देउवाले गठबन्धनमा जोड दिए पनि अलग्गै संयन्त्र निर्णय गरेर जानेबारे शीर्ष नेताबारे छलफल भएको हो ।

आजको केन्द्रीय समिति बैठकले आगामी चुनावमा उम्मेदवारहरूलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानमा व्यवस्था छ । संसदीय समितिलाई प्रदेश र प्रतिनिधिसभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ११ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ