४ पुस २०८२, शुक्रबार | December 19, 2025

निर्वाचनका दिन खोप सञ्चालन नहुने



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न कठिनाइ पर्ने भएकाले उक्त दिन खोप कार्यक्रम स्थगित गरिएको बताए ।

यसअघि मन्त्रालयले मतदान केन्द्रमा नै खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको थियो । “निर्वाचन सम्पन्न गर्न मतदानस्थलमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्वास्थ्यकर्मीले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान कार्यक्रम सञ्चालन हुन कठिनाइ भएकाले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ”, उनले भने।

निर्वाचन अघि र पछिका दिनमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने भएकाले सबैलाई सकेसम्म कोभिड–१९ विरुद्धको खोप लगाउन अनुरोध गरिएको छ ।

छिमेकी मुलुकमा पछिल्ला दिनमा सङ्क्रमण बढ्दै जाँदा नेपालमा पनि जोखिम बढ्ने सम्भावना भएकाले सर्तक रहँदै जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ३२ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा