२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सिद्धार्थनगर नगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता



बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सूरुवाती अग्रता लिएको छ ।

सिद्धार्थनगरमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ ।सिद्धार्थनगर नगरपालिकाको वडा नं १ को मतगणना अनुसार नेपाली कांग्रेस उम्मेदवार ईस्तीयाक अहमदले ३९१ मत पाएका छन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर प्रताप राणाले १६५ मतका साथ पछ्याएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार डा. रामप्रसाद बस्याले ६२ र जनता समाजबादी पार्टीका उम्मेदवार मातृका यादवले ५३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुख पदमा जनता समाजवादीका उम्मेदवारले १४४ मत पाएका छन् भने नेपाली कांग्रेस समर्थित गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले १२७ मत पाएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १०७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले ८६ मत पाएका छन् ।

उक्त वडाको वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारले ४१६ मतका साथ अग्रता लिएका छन भने १६५ मतका साथ जनता समाजवादी पार्टीका उम्मेदवार दोस्रोमा छन् । नेकपा एमालेका उम्मेदवारले ४८ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ४३ मत पाएका छन् । उनले अहिलेसम्म ७९२ मत गणना भएको छ

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ५४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले