४ पुस २०८२, शुक्रबार | December 19, 2025

बोल्न नपाउने भन्दै सांसदले बुझाए सभामुखलाई ताला चाबी



काठमाडौं । संसद् बैठकमा सामान्यतः सांसदले जनताका पिर मर्का र विकासका एजेन्डा लिएर सहभागी हुन्छन् । शनिबार भने एक सांसद ताला र चाबी लिएर पुगे ।

उनी हुन्– नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महत । जुम्ला– १ का सांसद महतले सभामुखलाई उक्त ताला र चाबी बुझाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति साङ्केतिक विरोध गर्दै उनले उक्त ताला र ताबी सभामुखलाई बुझाएका हुन् ।

त्यस क्रममा उनले भने ‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिरा’छ । त्रासमै थिएँ म । अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु । त्यसो भएको हुनाले उहाँहरूले धित मरुञ्‍जेल गाली गर्नुहुन्छ । फेरि, धित मरेपछि अवरोध गर्न खोज्‍नुहुन्छ । ताला लगाउन खोज्‍नुहुन्छ । त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरू धित मरुञ्‍जेल बोल्नुहोला । त्यसपछि हामी बोल्नेबेला ताला चाबी लगाइदिनुहोला ।’

त्यसअघि उनले जुम्लाको तातोपानी–३ मा कांग्रेस कार्यकर्ताले निर्वाचन जितेपछि माओवादी कार्यकर्ता धर्मराज रावललाई ढुङ्‍गाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भइ हाल ट्रमा सेन्टरको आइसीयुमा रहेको र मुद्दा पनि पीडकविरुद्ध दर्ता नभएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ४ : ३२ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा