४ पुस २०८२, शुक्रबार | December 19, 2025

पश्चिमा देशले युक्रेनलाई लामो दूरीका हतियार पठाएमा युक्रेनमा थप आक्रमणः पुटिन



किभ । पश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू पठाएमा रुसले युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । रुसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको चेतावनी आएको हो ।

रुसले युरोपेली देशहरूबाट आपूर्ति गरिएका ट्यांकमा आक्रमण गरेको बताएको छ । युक्रेनले यो रेल मर्मत संयन्त्र भएको बताएको छ । त्यस्तै अर्को घटनामा, एक रूसी जनरल दोनबास क्षेत्रमा लडाइँमा मारिएका छ ।

रूसले मार्चको अन्त्यमा किभ क्षेत्रबाट फिर्ता गरेपछि दोनबासमा आफ्नो सैन्य प्रयासहरू पुनः केन्द्रित गरेको छ । रूसले त्यहाँ स्थल मार्गमा ढिलो तर स्थिर प्रगति गरिरहेको बेला धेरै देशहरूले किभलाई अत्याधुनिक हतियार पठाउने वाचा गरेका छन् ।

हालै अमेरिकाले एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली एचआईएमएआरएस पठाउने घोषणा गरेको थियो । यसले ७० किलोमिटरसम्म प्रहार गर्न सक्छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ८ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको