१ पुस २०८२, मंगलबार | December 16, 2025

विकास र लगानीका लागि प्रतिष्पर्धा गर्न स्थानीय जनप्रतिनिधिलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह



बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरुले विकास र लगानीका लागि एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीद्वारा आयोजित नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय जनप्रतिनिधिहरुले आफ्नो स्थानीयतहमा धेरै भन्दा धेरै उद्योग व्यवसायहरु सञ्चालन गर्ने, स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने विषयमा एकआपसमा प्रतिष्पर्धा गर्नुपर्ने बताए ।

तीन तहका सरकार तथा निजी क्षेत्रको सहकार्यले मात्र जनअपेक्षा अनुरुपको विकास र सम्मृद्धि हासिल गर्न सम्भव भएको बताउँदै ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

स्थानीय सरकार र निजी क्षेत्र दुवैको साझा लक्ष्य विकास र सम्मृद्धिमार्फत जनतालाई सुखी तुल्याउने रहेको छ । त्यसैले राज्य र निजी क्षेत्रबीच बलियो साझेदारीका लागि म यहाँहरुलाई आह्वान समेत गर्दछु, उनले भने ।

छोटो समयमा मलेशियाले हासिल गरेको विकासको उदाहरण प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय निकायहरुले लगानीका लागि अनुकूल वातावरण बनाई निजी क्षेत्रको लगानी आकर्षित गर्ने हो भने राज्यले बिना लगानी धेरै भन्दा धेरै फाइदा लिन सक्ने बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले बुटवल मुलुककै आर्थिक केन्द्र बन्दै गएको पनि बताए ।

सिङ्गो रुपन्देही जिल्ला पर्यटन र कृषि क्षेत्रका लागि अथाह सम्भाव्यता बोकेको जिल्ला हो भन्दै उनले विश्वकै केन्द्र बन्दै गरेको बुद्ध भूमी लुम्बिनी, भैरहवामा हालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र लगायतका कुराहरुलाई समुचित रुपमा उपयोग गर्न सकेमा यसबाट रुपन्देही जिल्लाले मात्र नभई सिङ्गो मुलुकले नै मुहार फेर्न सक्ने बताए ।

उनले निजी क्षेत्र मुलुकभित्र लगानी वृद्धि, रोजगारी सृजना, औद्योगिक व्यवसायिक विकासमार्फत आम नेपालीको आमुल परिवर्तनमा निरन्तर क्रियाशिल रहदै आएको बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ९ : १८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा