१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

दैनिक साढे सात करोडको बिजुली निर्यात



काठमाडौं । नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । नेपालको बिजुलीले महँगो मूल्य पाइरहेको छ । बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्य रातिसम्मका लागि प्रतियुनिट औसत भारतीय छ रुपियाँ ८८ पैसा (११ रुपियाँ नेपाली)मा बिक्री भएको हो ।

यसअनुसार यो २४ घण्टामा छ हजार आठ सय मेगावाट घण्टा नेपालबाट बिजुली निर्यात हुने भएको हो । यो आँकडाअनुसार बिहीबार मात्रै सात करोड ४८ लाख ५४ हजार रुपियाँको बिजुली निर्यात भएको छ ।

आईआईएक्समा प्रत्येक १५ मिनेटका स्लटहरूमा विद्युत् बिक्री हुन्छ । डे अहेड मार्केट स्वरूपमा हुने आईआईएक्सको विद्युत् कारोबारमा प्रत्येक २४ घण्टाका लागि मात्र बोलकबोल हुने गर्छ । भारतमा नेपाली बिजुलीले रातिको समयमा अधिकतम मूल्य १९.२ रुपियाँसम्म र न्यूनतम छ रुपियाँ २० पैसासम्म मूल्य प्राप्त गर्दै आएकोे छ ।

भारतीय बजारमा शनिबार राति १२ बजेदेखि कालीगण्डकी जलविद्युत् आयोजनाको १४० मेगावाट, त्रिशूली र देवीघाटको ३७.७ मेगावाट आईआईएक्समा प्रतियुनिट औसत सात रुपियाँ चार पैसा भारुमा निर्यात हुन थालेको थियो ।

त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको बिजुली जेठ १८ गते रातिदेखि औसत भारतीय सात रुपियाँ ३० पैसामा पठाउन थालिएको थियो । मङ्गलबार मध्य रातिदेखि मस्र्याङ्दीको ६७ मेगावाट र बुधबार रातिदेखि मध्य मस्र्याङ्दीको ६८ मेगावाट बिजुली पनि निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार निजी क्षेत्रको लिखु-४ जलविद्युत् आयोजनाको ५२ मेगावाट बिजुली निर्यातका लागि प्रक्रिया सुरु भइसकेको छ ।

प्री-मनसुन सक्रिय भएसँगै वर्षात् बढेकाले नदीनालामा पानी बहाव बढ्दा चाहिनेभन्दा विद्युत् धेरै उत्पादन हुन थालेपछि भारत निर्यात थालिएको हो । प्राधिकरणले खुला बोलकबोलबाट पनि दुई सय मेगावाट विद्युत् भारतका अन्य खरिदकर्तालाई बिक्री गर्न प्रक्रिया थालेको छ ।
आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ६ : ०८ बजे

मुख्य दलका पूर्वाधार ‘एजेन्डा’ : द्रुत मार्गदेखि ‘स्मार्ट ग्रिड’सम्मका प्रतिबद्धता

काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन

धार्मिक एकताको नमूना : म¥याङडाँडामा त्रि-धार्मिक संरचना निर्माण

भोजपुर । धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने

‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो’

बागलुङ । बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी

मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको