२० मंसिर २०८२, शनिबार | December 6, 2025

मूल्यवृद्धि अचाक्ली



काठमाडौं । मुलुकको आर्थिक व्यवस्थापनमा चुनौती थपिँदै गएको तथ्यांकले देखाएको छ । नेपाल भित्रिने विदेशी मुद्राको तुलनामा बाहिरिने अधिक हुँदा शोधनान्तर स्थितिमा झन् दबाब परेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको १० महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा छ। जबकि गत आर्वको सोही अवधिमा ७ अर्ब ७५ करोडले बचतमा थियो । चालू खाता पनि ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा छ । गत आवको सोही अवधिमा २ खर्ब ५१ अर्ब २९ करोड मात्रै घाटामा थियो । ‘शोधनान्तर स्थितिको दबाब कायमै रहेको, विदेशी विनिमय सञ्चितिमा पनि दबाब यथावतै रहेको र मुद्रास्फीति अचाक्ली बढेकाले समष्टिगत आर्थिक व्यवस्थापनमा चुनौती थपेको हो,’ राष्ट्र बैंंकका प्रवक्ता डा.गुणाकर भट्ट भन्छन्, ‘यद्यपि रेमिट्यान्स सामान्य अवस्थामा वृद्धि भई गत आवकै स्तरमा आएकाले झिनो आशा गर्न सकिन्छ ।’ अब मौद्रिक नीति पनि समष्टिगत आर्थिक व्यवस्थापनमा चनाखो हुने गरी ल्याउन जरुरी भएको उनले बताए ।

वैशाखमा घिउ तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अन्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदाथको मूल्य अत्यधिक बढेको छ । सो वस्तुको महँगी अचाक्ली बढेकाले समग्रमा मुद्रास्फीति चुलिएको छ । यसमध्ये पनि घिउ तथा तेलको मूल्य मात्रै २४.८६ प्रतिशत बढेको छ । यसपछि क्रमशः फलफूलको १२.६१, दुग्ध पदार्थ तथा अन्डा ११.३, दाल तथा गेडागुडीको १०.५३, र सुर्तीजन्य पदार्थको ९.७० प्रतिशतले मूल्य बढेको छ । साथै, यातायात, शिक्षा र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति क्रमशः २१.८१, ११.६४ र ८.२१ प्रतिशत छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा ममता थापाले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : २० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय