२७ माघ २०८२, मंगलबार | February 10, 2026

करको दर परिवर्तनमा कुनै राष्ट्रघात भएको छैन, प्रमाणित भए जिम्मा लिन्छु : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर, राजश्व र भन्सार दर कानूनी प्रक्रियाअनुसार नै परिवर्तन गरिएको दाबी गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरे । शर्माले सचिवहरू र विभागीय प्रमुखको समितिले नै राजश्वका दर तय गरेको बताए । शर्माले दर परिवर्तनमा राष्ट्रघात भएको प्रमाणित भए आफुले जिम्मा लिने बताए ।

अर्थमन्त्री शर्माले भने ‘सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले बसेर राजस्वका दरहरु परिवर्तन गर्ने प्रचलन रहेको छ । त्योअनुसार भएका दररेटप्रति म पूर्ण जिम्मेवार छु । जवाफदेही छु । त्यसमा कतै राष्ट्रघात भएको छ, कतै गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवारी लिन तयार छु । ’

शर्माले डलरको सञ्चितिलाई ध्यानमा राखेर, आयात प्रतिस्थापन र आन्तरिक औद्योगिक क्षेत्रलाई ध्यानमा राखेर नै दरहरु परिवर्तन भएको दाबी गरे ।

 

 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  २ : १९ बजे

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’

नेकपाको प्रतिबद्धता : ५ वर्षमा १० प्रतिशतको आर्थिक वृद्धि, बहुआयामिक गरिबीको दर ५ प्रतिशतमा झार्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र वार्षिक १०

नेकपाद्वारा राजनीतिक दललाई चार वर्गमा वर्गीकरण, नयाँ दल ‘सिद्धान्तहीन’ र ‘विध्वंशकारी’

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी

आर्थिक सुधारमा जोड दिँदै नेकपाले ल्यायो चुनावी प्रतिबद्धतापत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक सुधारको नयाँ चरणलाई