४ पुस २०८२, शुक्रबार | December 20, 2025

अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे



मकवानपुर । प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा बिहीबारसम्म असहमत देखिएका बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक भएका छन् ।

बाग्मती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी र कांग्रेसले –आफ्ना सांसदको हस्ताक्षर संकलन तयारी हो ।

मओवादी र कांग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन् । पछिल्लो समय उनले ‘केन्द्रको आदेशबिना सरकार नछोड्ने’ अडान राख्दै आएका थिए ।

माओवादी र कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारीसमेत गरिरहेको बेला पाण्डे सरकारको नेतृत्व छाड्न तयार भएका हुन् । सरकार छाड्नैपर्ने अवस्था आएपछि उनले संसदीय दल बैठक बोलाएका छन् ।

आज शनिबार बस्नेगरी पार्टीले बैठक बोलाएको नेकपा एकीकृत समाजवादी संसदीय दलका सचेतक मुनु सिग्देलले जानकारी दिइन् । ‘गठबन्धनभित्र सरकार फेरबदल विषयमा छलफल हुनेछ, अब बन्ने सरकारमा हाम्रा कति जना मन्त्री रहने भन्ने’ छलफल हुन बाँकी छ,’ सिग्देलले भनिन्, ‘हामीले संसदीय दल बैठक बस्ने तयारी गरेका हौं ।’

गत ११ कात्तिकमा मुख्यमन्त्री बनेका पाण्डेको सरकारमा एकीकृत समाजवादीका चार मन्त्री छन् । सरकार फेरबदल विषय शीर्ष नेतृत्वबाट टुंगिनुपर्ने र अपठ्यारो अवस्था आउन नदिने उनले बताइन् ।

पाण्डे नेतृत्वमा सरकार गठन गर्दा समाजवादी, कांग्रेस र माओवादीबीच सरकार ६-६ महिना नेतृत्व गर्ने ‘भद्र सहमति’ भएको थियो । सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए । आजको राजधानी दैनिकमा सरिता दाहालले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको