२७ माघ २०८२, मंगलबार | February 10, 2026

सप्तकोसी नदिमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन आग्रह



सप्तरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो ।

सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको त्या खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन् । कोसी बयारेजका ३२ वटा ढोका खोलिएको जानकारीसमेत दिएका छन् ।

पानीको सतह बढेपछि गोबरगाढामा रहेको विद्यालय नजिक कटान भएको छ । पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीयले बताएका छन् ।

पानीको सतह बढन थालेपछि हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ डलवास्थित स्परमा कटान हुने थालेको वडा अध्यक्ष कृष्णकुमार यादबले जानकारी दिएका हुन् ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ३३ बजे

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुला । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न