२७ माघ २०८२, मंगलबार | February 10, 2026

पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन : विष्णु पौडेल



बुटवल । एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताएका छन् ।

ुसमृद्ध नेपाल सुखी नेपालीुको सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण विषयक गोष्ठीमा नेता पौडेलले पद प्राप्ती नै सबैथोक हो भन्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा लागेकाहरूले त्याग्नुपर्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उनले पदका लागि नै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको दाबी गरे । ‘कम्युनिष्ट पार्टी विभाजित हुनुमा दलीय लालचा बाहेक अरु केही थिएन, शक्तिशाली अवस्थामा पुगेको कम्युनिष्ट पार्टीलाई पदका लागि विभाजन गर्नु दुर्भाग्यपूर्ण थियो’, उनले भने ।

उनले स्वर्गीय आश्रितबाट अहिलेका समकालीन नेताहरूले त्याग र र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको पनि बताए । ‘जीवराजका बहुआयामिक योगदान छन्, कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले उहाँबाट त्याग र विचारको राजनीति सिक्नुपर्छ, तबमात्रै कम्युनिष्ट पार्टीले लिएको लक्ष्य र उद्देश्य पूरा हुन्छ’, उपाध्यक्ष पौडेलले भने ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अचलराज पाण्डेले समृद्ध नेपाल सुखी नेपालीको सपनाभित्र आश्रितको दृष्टिकोण विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अहिलेको पुस्ताले उहाँका योगदानबारे थाहा पाउन र बाटो पछ्याउन आवश्यक रहेको बताए । मुलुकको आर्थिक अवस्था र समुन्नत समाज निर्माणका लागि आश्रितले अपनाएको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ ।

कार्यपत्रमाथि टिप्पणी गर्दै युवा विश्लेषक तथा प्राध्यापकद्वय माधव पौडेल र हुमराज भुसालले स्वर्गीय आश्रितको अर्थराजनीतिप्रतिको दृष्टिकोणलाई अहिलेको राजनीतिक नेतृत्वले कार्यान्वयन गर्न सक्ने हो भने मात्रै पनि मुलुक समृद्धिको यात्रामा अगाडि बढ्ने बताएका थिए ।

कार्यक्रममा आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरे, एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेना, उपाध्यक्ष युवराज घिमिरे, महासचिव कल्पना थापा, युवा विश्लेषक डा। सागर न्यौपाने लगायतले आश्रितको योगदानमाथि चर्चा गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ३ : २८ बजे

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुला । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न