१८ माघ २०८२, आइतबार | February 1, 2026

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यी बीच चीनको छिङताओमा भेटवार्ता हुँदै



काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यी बीच आज द्वीपक्षीय वार्ता हुने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्का र चिनियाँ समकक्षी यीबीच चीनको छिङताओ सहरमा वार्ता हुन लागेको हो । द्विपक्षीय वार्तामा नेपाल-चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ।

चिनियाँ विदेश मन्त्री यीले नेपाली टोलीको सम्मानमा आजै भोज दिने कार्यक्रम रहेको छ ।

चिनियाँ विदेशमन्त्री यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खड्का गएराति चीन गएका हुन् । खड्काको भ्रमण टोलीमा परराष्ट्र, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी पनि सहभागी छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि यो नै नेपालबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो । यसबीचमा चिनियाँ विदेशमन्त्री वाङ यी लगायत चिनियाँ कम्युनिष्ट पार्टीको उच्च नेतृत्वले भने नेपाल भ्रमण गरिसकेको छ ।

परराष्ट्र मन्त्री खड्कासहितको टोली बिहीबार स्वदेश फर्कने छ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : ४४ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि