२५ माघ २०८२, आइतबार | February 8, 2026

नेपालगञ्जमा संभावित भूकम्पीय जोखिम सर्वेक्षण सुरू



राँझा । नेपालगञ्जमा संभावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणको लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण सुरु गरेको छ ।

क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको बस्ती तथा भूबनोटलगायत सम्बन्धमा विस्तृत सर्वेक्षण गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

उनका अनुसार, घना बस्ती, पुरानो बस्ती र पुराना घर बढिरहेको नगरको ३ र ७ नं वडालाई आधार मानेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि सर्वेक्षण भइरहेको छ । बस्तीमा रहेका साँघुरो घर, गल्ली, जीर्ण घर, अस्तव्यस्त तार, घरको नक्सा तथा भूकम्प जोखिमबारे घरमा पुगेर अध्ययन भइरहेको अध्ययनमा संलग्न युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले बताए ।

यो अध्ययनबाट नगर क्षेत्रमा आवश्यक खुला क्षेत्रको अवस्था, आश्रयस्थल, स्वास्थ्यचौकीलगायतको विषयमा प्रष्ट जानकारी हुने र विपद् प्रतिकार्यमा सहयोगी हुने उनको भनाइ छ । भूगर्भविद्का अनुसार, नेपालगञ्ज क्षेत्रको भूबनोट कमजोर रहेका कारण भूकम्पीय हिसाबले उच्च जोखिममा छ । बाँकेमा केन्द्रबिन्दु भएर भूकम्प नआएको भए पनि भूकम्पीय जोखिममा रहेको प्राध्यापक भूगर्भविद् डा दीपक चौलागाईंले बताए ।

बाँकेको कोहलपुर नगरपालिकाभन्दा उत्तरतर्फको भावर क्षेत्रलाई केन्द्र्रबिन्दु बनाएर गत शनिबार मात्रै ४।८ म्याग्निच्यूटको भूकम्प गएको थियो । भूकम्पको धक्का बाँके, बर्दियालगायत भारतको उत्तरप्रदेश राज्यसम्म परेको उनले जानकारी दिए ।

उपमहानगरपालिकासँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी बाँकेले सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना सञ्चालन गरेको छ । परियोजनाअन्तर्गत जोखिमयुक्त घरको पहिचान गरी नगरभित्र विपद् पूर्वतयारी गरी संरचना निर्माण गर्न पहल गर्ने उद्देश्यका साथ फिल्डमा प्रविधिक परिचालन गरिएको सो उपमहानगरपालिकाका विपद् स्रोत व्यक्ति प्रकाश डिसीले जानकारी दिए ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  १० : ३५ बजे

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको

विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी, शिविरमार्फत उपचार सुरु

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै