२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले झन्डै चार दर्जन कर्मचारी माग गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले एक सूचना जारी गर्दै भारी संख्यामा कर्मचारी माग गरेको हो ।

सूचनाअनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदका लागि कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको जनाएको छ ।

प्रशासनतर्फको सहायक निर्देशकमा १८, प्राविधिकतर्फको सहायक निर्देशकमा एकजना र सहायकमा २४ जना गरी कुल ४३ जनाका लागि दरखास्त खुलाइएको छ । इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम मिति ६ असोजसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी १३ असोजसम्म दरखास्त पेस गर्न सकिनेछ ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  १२ : ०८ बजे

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी । यस वर्ष यहाँ धान उत्पादनमा कमी आएको छ

नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०