८ पुस २०८२, मंगलबार | December 23, 2025

बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्कासहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले १७ लाख ४० हजार ६६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्यितारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर, तत्कालिन वडा अध्यक्ष जीवन आचार्य, तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालिन राजस्व शाखा सदस्य–सचिव काशिराम शर्मा रहेका छन् ।

दायर गरिएको मुद्दामा प्रत्येकसँग ३४ लाख ८० हजार १३२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

बागलुङ नगरपालिकाले प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरुले ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा बिक्री वितरण दर घटी निर्धारण गरेर सोही आधारमा राजस्व सङ्कलन गरी सरकारलाई हानीनोक्सानी पुर्याएको पाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ४ : ४२ बजे

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र