२३ माघ २०८२, शुक्रबार | February 6, 2026

भ्रष्टाचार विरुद्ध कार्टुनको निशाना बुटवलमा



बुटवल । कार्टुनमार्फत भ्रष्टाचार भण्डाफोर अभियान शुरु गरेका कार्टुनिस्टहरुको देशब्यापी कार्टुन फोटो प्रदर्शनी आईतबारबाट बुटवलमा शुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्ती मगरले उदघाटन गरे ।

सो अवसरमा बोल्दै हजार शब्दको वर्णन एउटै चित्रबाट हुनु नै कार्टुन कला भएको बताए । पत्रपत्रिकामा आम नागरिकलाई सुसुचित गर्ने एउटा महत्वपूर्ण माध्यममा कार्टुन चित्र भएको उल्लेख गर्दै उनले सांकेतिक भाषामा बिचार प्रकट गर्ने कार्टुन बलियो पक्ष भएको बताए । सबै खाले पाठकलाई आर्कषण गर्ने काम कार्टुन चित्रबाट हुने पनि उनले बताए । उनले समयसापेक्ष वास्तविक कुरालाई उजागर गर्ने भएकाले पनि यो सबैको मनमा बस्ने गरेको दाबी गरे ।

कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना तथा सेन्टर फर मिडिया रिर्सच नेपालको सहकार्यमा आईतबार बुटवलस्थित होटल स्पानमा निसाना भष्ट्राचार बिरुद्ध दुई दिने कार्टुन फोटो प्रर्दशन गरिएको हो । आयोजक कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिजले आफुहरु मंसिर ४ गते अघि नै देश दौडाहाको प्रर्दशन सक्ने बताए । समाजमा भष्ट्राचारको ग्राफ बढ्ने तर यसलाई रोक्न कसैबाट चासो नदेखिएको भन्दै अभियानका रुपमा कार्यक्रम गरेको उनले जनाए । चुनावी टिकटलाई आधार मान्दै सबै राजनीतिक दलहरु यो प्रदर्शनबाट सहि नेतालाई छनौट होस भन्नुनै आफुहरुको मनसाय भएको उनले बताए ।

छोटोसमयको तयारीबीच प्रदर्शनी आयोजना गरिएको भन्दै उनले छोटो सूचनाबाट धेरै राम्रो प्रचारप्रसार भएको बताए । ‘यो केवल प्रदर्शनीमात्र होईन भष्ट्राचारबिरुद्धको सिर्जनात्मक अभियानको शुरुवात हो ।’–उनले भने ।

प्रदर्शनीमा नेपालका उत्कृष्ट ३६ जना कार्टुनिस्टहरुको कार्टुन फोटो राखिएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ६ : १६ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस