१ पुस २०८२, मंगलबार | December 16, 2025

बृहत् नागरिक आन्दोलनद्वारा राष्ट्रपतिको राजीनामा माग



काठमाडौं । बृहत् नागरिक आन्दोलनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता कायम राख्न नसकेको आरोप लगाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बृहत् नागरिक आन्दोलनको ठहर छ ।

नभए उनलाई पदमुक्त गर्न महाभियोग लगाउनुपर्ने माग गरिएको छ । ‘राजाको सिको गर्न र कथित संवैधानिक राजतन्त्रको झल्को आउने गरी जनताको मतद्वारा निर्वाचित सार्वभौम संस्थाले गरेका निर्णय उल्ट्याउन गणतान्त्रिक व्यवस्थाले राष्ट्रपतिको गरिमामय पद सिर्जना गरेको होइन,’ नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संवैधानिक संस्कारलाई बलियो बनाउने, संविधानको रक्षा गर्ने र सम्मानसहित दिइएको पदको गरिमा जोगाउने मुख्य दायित्व राष्ट्रपतिको भएको बताइएको छ । ‘संविधान र व्यवस्थाको मर्मविपरीत राष्ट्रपतिले संवैधानिक सीमा नाघेको यो पहिलोपटक होइन । कुत्सित उद्देश्यसहित बारम्बार संविधान एवम् लोकतान्त्रिक व्यवस्थाको मूल्यमान्यता धूलिसात बनाउने भण्डारी राष्ट्र प्रमुख जस्तो गरिमायुक्त पदमा बसिराख्नु सो पदको ओज घटाउनु हो,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ३५ बजे

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि