७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कांग्रेसभित्र खैलाबैला, संस्थापनविरुद्ध इतर पक्ष आन्दोलित



काठमाडौं । आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ ।

संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको बन्दसूची बुझाएको’ भन्दै कांग्रेसभित्रको डा। शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्ष असन्तुष्ट बनेको हो । सो समूहका दोस्रो तहका नेताले ‘सभापतिको एकलौटी निर्णयविरुद्ध विद्रोह गर्नेदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना बस्ने’सम्मको कार्यक्रम तयारी गरेका छन् ।

सभापति शेरबहादुर देउवाले गत २ असोजमा समानुपातिकतर्फको उम्मेदवार बन्दसूची आयोगमा पठाएका थिए । सो सूचीमा आफ्ना समूहका नेतालाई कमजोर स्थान दिएको र संख्यामासमेत हेपेको भन्दै इतर पक्ष रुष्ट रहँदै आएको छ । इतर पक्षले ‘आयोगमा बुझाइएको सूची नसच्याइए पार्टीभित्र विद्रोह गर्ने’सम्मको चेतावनी दिँदै आएको छ ।

इतर पक्षको दोस्रो तहका नेताको सोमबार ठमेलमा बसेको बैठकले ‘पार्टी नेतृत्वलाई दबाब दिन’ भन्दै केन्द्रीय कार्यालयमा धर्ना बस्नेगरी कार्यक्रम तय गरेको छ ।

भेलाले ‘समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलन घोषणा गरेको’ नेता जगदीशनरसिंह केसीले जानकारी दिए । उनका अनुसार समानुपातिक बन्दसूची सच्याएर आफ्नो समूहका नेताका नाम समावेशका लागि दबाब दिन भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको हो ।

यसैगरी, बिहीबार दोस्रो तहका नेताले इतर समूहका पहिलो तहका नेतासँग छलफल गर्ने कार्यक्रम तोकिएको छ । संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताले दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।

उनीहरूले शुक्रबारसम्म पनि माग सुनुवाइ नभए कठोर निर्णय लिनेसमेत चेतावनी दिएका छन् । तर, ‘कठोर निर्णय कस्तो हुने रु’ भन्ने’दयगत खुलाइएको छैन ।

इतर पक्षले सभापतिले पार्टी सञ्चालनमा एकलौटी गरेको, निर्वाचन मुखमा इतर पक्षलाई बेवास्ता गरेको र टिकट वितरण प्रक्रिया र छलफलमा पनि मनोमानी गरेको आरोप लगाउँदै आएको छ ।

सो पक्षले गत शनिबार राजधानीमा आफ्ना पक्षका नेतालाई भेला गरेर ‘आगामी निर्वाचनमा विद्रोह हुने’सम्मको चेतावनी दिएको थियो । यसअघिसमेत इतर पक्षले ‘सभापति देउवाले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका नेतृत्वमा एकलौटी गरेको’ भन्दै आपत्ति जनाउँदै आएको थियो । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ४९ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।