९ पुस २०८२, बुधबार | December 24, 2025

निर्वाचन पर्यवेक्षकलाई यस्ता कुराहरु गर्न प्रतिबन्ध



काठमाडौं । निर्वाचन पूर्व दलको कार्यकर्ता बनेर सक्रिय राजनीति गर्नेहरु पनि निर्वाचनको मिति नजिक आएपछि अधिकारकर्मी संस्थाको बिल्ला लगाएर निर्वाचन पर्वेक्षक बन्ने गरेको नेपालमा प्रसस्त देख्न पाईन्छ । दलहरुले स्वयं अन्य दलहरुको प्रचार रणनीति बुझ्न कार्यकर्तालाई पर्यवेक्षक बनाएर परिचालन पनि गर्ने गर्दछन् । आयोगले पर्यवेक्षकहरुका लागि बिभिन्न विषयमा पावन्दी लगाएपनि नेपालमा निर्वाचन पर्यवेक्षककारुपमा खटिनेहरु कुनै न कुन्े दलमा आवद्ध रहेको देख्न सकिन्छ ।

फेरिपनि निर्वाचन आयोगले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै पर्यवेक्षकले कर्न नहुने कामका विषयमा सूचना प्रकाशित गरेको छ । आयोगले जारी गरेको सूचनामा निर्वाचन पर्यवेक्षकका रूपमा सहभागी हुँदा राजनीतिक दल वा उमेदवारको समर्थन गर्न नहुने आयोगले घोषणा गर्नु अघि थाहा पाए पनि परिणामको सूचना सार्वजनिक गर्न नहुने जनाएको छ । पर्यवेक्षकले उमेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकले निर्वाचन चिह्न अंकित ब्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार वा प्रदर्शन गर्न नहुने आयोगको सूचनामा उल्लेख छ ।

राजनीतिक दल, उमेदवार, कर्मचारी वा अन्य व्यक्तिसँग नगद वा जिन्सी वा उपहार वा अन्य कुनै सामान लेनदेन गर्न नहुने स्पष्ट पार्दै आयोगले आधिकारीक घोषणा नगर्दा सम्म परिणाम थाहा पाएपनि पर्यवेक्षकले सार्वजनिक गर्न नहुने जनाएको छ ।

सुरक्षा संवेदनशील स्थानमा पर्यवेक्षण गर्न नहुने, निर्वाचनलाई प्रभावित पार्ने कुनै सूचना प्रवाह गर्न वा वक्तव्य दिन वा अवाञ्छित क्रियाकलाप गर्न नहुने पनि आयोगले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  १२ : ०६ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)