४ पुस २०८२, शुक्रबार | December 19, 2025

एक थान चुनावी सिटका लागि जनताको बलिदानलाई लात हानेर दलबदल : बाबुराम भट्टराई



काठमाडौं । शुरुदेखिनै एमाले विरुद्धको गठबन्धनमा सक्रिय सहभागीता जनाएको जनता समाजवादी पार्टी (जसपा) केही संख्या सिट थप्नका लागि एकालेसँग गठबन्धन बनाउन पुगेपछि सोही पार्टीका पूर्व नेता डा. बाबुराम भट्टराईले खरो टिप्पणी गरेका छन् ।

मध्यरातमा प्रतिगमन विरुद्धको गठबन्धन भनिएको सत्ता गठबन्धन छाडेर संबिधान बिरोधी र प्रतिगमनकारी भनिएको एमालेसँग गठजोड गर्न पुगेपछि जसपाका संघीय परिषदका पूर्व संयोजक डा. भट्टराईले एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल गरेको टिप्पणी गरेका छन् । गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी एमालेसँग सहकार्यको तयारीमा जुटेपछि भट्टराईबाट यस्तो टिप्पणी आएको हो ।

जसपा एमालेसँग सहकार्य गर्ने तयारीमा जुट्दै गर्दा हाल नेपाल समाजवादी पार्टी गठन गरेर अगाडि बढेका भछ्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ। एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो १ यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं !’

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको