४ पुस २०८२, शुक्रबार | December 20, 2025

आफु बिरुद्ध परेको उजुरीको उम्मेदवारले जवाफ आज दिनुपर्ने



काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवार बिरुद्ध परेको उजुरीवारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ ।

२३ असोजमा उम्मेदवारी दिएका उम्मेदवार बिरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारसहितका उम्मेदवार बिरुद्ध परेको छ । देशैभरीका उम्मेदवार माथी परेको उजुरी पछि आयोगले सो उजुरीका बारेमा आजै जवाफ दिन सबन्धित उम्मेदवारलाई सुचना टाँस गरी सवन्धित निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

उता, निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनेका लागि समयसिमा तोकिएको  छ । सोही दिन अपरान्ह ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको