१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रधानमन्त्रीकै दुईवटा जन्ममिति !



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति पाइएको छ ।

डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरीसमेत परेको छ ।

नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले दिएको उजुरीमा उम्मेदवारी रद्द हुनुपर्ने मागसमेत गरिएको छ । देउवाको नागरिकतामा उनको जन्ममिति ३१ जेठ २००३ उल्लेख छ । तर मतदाता नामावलीमा भने ३१ जेठ २००२ लेखिएको छ ।

आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकिएको थियो ।

देउवाविरुद्ध उजुरी दिएका मल्लले नेपाली कांग्रेस बीपीका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवारीसमेत दिएका छन् ।
कुनै बेला देउवाका सहयोगी मल्ल अहिले उनै देउवासँग चुनावी मैदानमा सँगै उत्रिएका छन् । मल्ल २०७४ को निर्वाचनमा कांग्रेसबाटै प्रदेश सभामा निर्वाचित भएका थिए ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको पुष्टि गर्दै उजुरीमाथि कारबाही सुरु भइसकेको बताए । उनले मंगलबारसम्म निर्णय हुनेसमेत बताए ।

निर्वाचन आयोगले उम्मेदवारमाथि परेको उजुरीमाथि छानबिन गर्न मंगलबारसम्मको समय दिएको छ । उम्मेदवार विरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानूनी व्यवस्था छ ।

यस्तै, नेपाली कांग्रेसबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका विजयकुमार गच्छदारविरुद्ध पनि निर्वाचन आयोगमा उजुरी परेको छ। उनीविरुद्ध काठमाडौं महानगरपालिका-७ का विवेक अधिकारीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा उजुरी दिएका हुन् । अधिकारीले गच्छदारविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा विचाराधीन रहेको भन्दै उम्मेदवारी खारेज गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसका पूर्वउपसभापतिसमेत रहेका गच्छदारले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट जितेका थिए । भ्रष्टाचार अभियोगमा मुछिएपछि उनी निलम्बनमा परेका थिए ।

नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण चौधरीविरुद्ध पनि उजुरी परेको छ । रेशमले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । लक्ष्मणले भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । उनीहरु दुबैले वारेसनामममार्फत उम्मेदवारी दिएका थिए ।

रेशमको मनोनयनविरुद्ध माओवादी केन्द्रनिकटका उम्मेदवार र लक्ष्मणविरुद्ध स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएका हुन् ।

रेशम टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषी ठहर भइ जेल जीवन बिताइरहेका छन् । लक्ष्मण भने सोही घटनापछि फरार सूचीमा छन् । टीकापुर घटनासम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।

२०७४ सालको निर्वाचनमा रेशमलाल कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

छानबिन जिम्मा अधिकृतको कार्यालयबाटै

आयोग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाको उजुरीमाथिको छानबिन सम्बन्धित निर्वाचन अधिकृत कार्यालयबाटै हुने जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार दिएकाहरुको उजुरीको छानविन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै गर्ने बताएका हुन् । उनका अनुसार उजुरी पुष्टि हुने प्रमाण भेटिए उम्मेदवारी स्वतः रद्ध हुने छ ।

आयोगले मंगलबार (आज) उजुरीमाथि जाँचबुझ गरी निर्णय लिन समय तोकेको छ । यसैगरी मंगलबार नै उम्मेदवारको नामावली आयोगले प्रकाशन गर्ने छ भने २६ असोज १० देखि १ बजेसम्मका लागि उम्मेदवारलाई नाम फिर्ता लिनका लागि समय तोकिएको छ ।

आयोगले २६ गते नै १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा सोही दिन नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ३७ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका