४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देही-२ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङ र दिर्घबहादुर केसी विरुद्ध बैंकिङ कसुरको कालोसूचीमा रहेको उजुरी

कालोसूचीबाट नाम नहटे उम्मेदवारी खारेज हुने



बुटवल । सत्ता गठबन्धनबाट रुपन्देही २ मा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका २ जना विरुद्ध उजुरी दर्ता भएको छ । दुबै जना बिरुद्ध बैंकिङ कसुर अन्तर्गत कालो सूचीमा नाम चढेको भन्दै उम्मेदवारी खारेजीको माग सहितको उजुरी परेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही २ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङ र प्रदेशसभा अन्तर्गत रुपन्देही २ (क)बाट उम्मेदवारी दिएका दिर्घबहादुर केसी विरुद्ध कालोसूचीमा नाम चढेको उजुरी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

दुबै उम्मेदवारलाई उजुरीबारे सूचना गरिएको र समयसिमा भित्र कालोसूचीबाट नाम हटेको प्रमाण ल्याउन नसकेको अवस्थामा उम्मेदवारी खारेज हुने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले खबरकुरालाइ बताए । भोली ५ बजे सम्ममा उम्मेदवारी रहने वा नरहने विषयमा टुंगो लाग्ने उनले बताए । अर्का उम्मेदवार हेमराज बस्यालका विरुद्ध पनि बैकिङ कसुरकै उजुरी परेको पनि उनले खबरकुरालाइ बताए ।

रुपन्देही २ का हामी नेपाली पार्टीका उम्मेदवार डा. निकोलस भुसाल विरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामा उम्मेदवार बनेको भन्दै यस अघि नै उजुरी परेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको