४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेस र एमालेकै कारण दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध !



लमजुङ । राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुने भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनांगे निर्विरोध हुने भएका हुन् ।

उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले बुधबार दिउँसो ३ बजेसम्मको समय तोकेको छ । त्यसैले मनाङे निर्विरोध भएको सूचना आयोगले ३ बजेपछि मात्र सार्वजनिक गर्ने भएको छ । मनाङे गण्डकीका युवा तथा खेलकुदमन्त्रीसमेत हुन् । अघिल्लो पटक पनि उनी स्वतन्त्र रूपमा विजयी भएका थिए । त्यसबेला उनलाई एमालेले समर्थन गरेको थियो ।

तर, पछि मनाङेकै कारण एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्न पुग्यो । उनी सत्तारुढ गठबन्धनमा सामेल भए । यसपटक मनाङेलाई कांग्रेस र एमाले दुवै दलले समर्थन गरेर आफ्नो उम्मेदवार नउठाएकैले उनी निर्विरोध हुन लागेका हुन् ।

दोर्जे लामा गुरुङले निर्वाचन कार्यालयमा बुधबार बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको