४ पुस २०८२, शुक्रबार | December 20, 2025

खर्च विवरण नबुझाउने स्थानीयतहका उम्मेदवारबाट आयोगले उठायो ३ करोड ७२ लाख जरिवाना



काठमाडौं । निर्वाचन आयोग प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकै क्रममा जरिवानामा परेका १०२ जनाबाट ३ करोड ७२ लाख लाख ५० हजार जरिवाना असुली गर्न सफल भएको छ । स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार भएका तर समयमा खर्च विवरण नबुझाई प्रतिनिधि र प्रदेशसभामा पुनः उम्मेदवार बन्न पुगेकाहरुबाट आयोगले सो जरिवाना असुली गरेको हो ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका र फेरि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि पुनः उम्मेदवार भएका उनीहरुले आयोगको केन्द्रीय कार्यालयको खातामा ३ करोड १७ लाख रुपैयाँ जरिवाना बुझाएका छन् भने जिल्ला निर्वाचन कार्यालयहरूको संकेत नम्बरमार्फत ५५ लाख ५० हजार रुपैयाँ जरिवाना असुली भएको छ ।

आयोगको केन्द्रीय कार्यालयमा ८२ जना र जिल्ला निर्वाचन कार्यालयमार्फत २० जनाले जरिवाना रकम बुझाएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र खर्च विवरण बुझाउन उम्मेदवारहरूलाई समय दिएको थियो । तर आयोगले दिएको समयमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई स्पष्टिकरण सोधेर जरिवाना तोकिएको थियो । सो जरिवाना नबुझाउने उम्मेदवारलाई ६ बर्षसम्म हुने कुनैपनि निर्वाचनमा सहभागी हुन नसक्ने गरी कालोसूचीमा राख्ने आयोगले बताएको छ ।

आयोगले आगामी फागुनसम्म जरिवाना रकम तिर्ने समय दिएको छ भने सो अवधिमा पनि जरिवाना नतिर्ने जनप्रतिनिधिको पद खारेज गर्ने आयोगले चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको