१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता



काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन् ।

आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको हो ।

आयोगका अनुसार निर्वाचनका लागि ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य मतदाता कायम भएका छन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७७ वटै जिल्लामा गरेर १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र कायम भएको जानकारी दिए । आयोगले कायम गरेको र मतदान गर्न योग्य मानेका मतदाताले ती मतदानस्थल र केन्द्रमा गएर मतदान गर्न सक्नेछन् ।

आयोगले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका कैदीबन्दी तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलगायत अस्थायी मतदाताका लागि भने अस्थायी मतदान केन्द्र तोक्नेछ । आयोगले बुधबारसम्म त्यस्ता मतदाताको विवरण संकलन गरेको थियो ।

आयोगका अनुसार गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएका थिए । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमा गरी १० हजार ७ सय ५६ मतदानस्थल निर्धारण गरेको थियो । यस्तै, देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम गरिएको थियो ।

प्रतिनिधिसभा तथा निर्वाचनमा भाग लिने प्रयोजनका लागि भने आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको संख्या फरकफरक छ । प्रदेश १ मा ३०, मधेस प्रदेशमा ३७, बाग्मतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले प्रदेशसभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् ।

आयोगमा दर्ता भएका दलको संख्या भने १ सय १६ छ । तर, निर्वाचन प्रयोजनका लागि भने आयोगमा दर्ता कायम रहेका सबै दलले दर्ता गरेका थिएनन् । २०७४ सालमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भने प्रत्यक्षतर्फ ५५ दलले भाग लिएका थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ७ : ४५ बजे

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको

एनपीएलमा आज दुई खेल, चितवन-विराटनगर र जनकपुर-कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबार दुई खेल

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी