६ बैशाख २०८१, बिहिबार | April 18, 2024

प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र



काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ ।

आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ फरकफरक मतपत्र रहने बताएको हो । ती मतपत्रको छपाइ बिहीबारबाट सुरु भएको छ । आयोगकाअनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकारकै मतपत्र प्रयोग हुनेछ ।

यसैगरी, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३ सय ३० प्रकारकै मतपत्र प्रयोग हुनेछ । प्रतिनिधि र प्रदेशसभामा गरी २÷२ करोड गरेर कुल ४ करोड मतपत्र आवश्यक पर्ने आयोगले बताउँदै आएको छ । सो संख्याको १० प्रतिशत मतपत्र जगेडा छपाइ हुनेछ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा फरकफरक, प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा फरक मतपत्र प्रयोग हुने जानकारी दिए ।

‘१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकार र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ३ सय ३० प्रकारका गरी ४ सय ९५ प्रकारका मतपत्रको प्रयोग हुन्छ, ती मतपत्रको छपाइ बिहीबारबाटै सुरु भयो,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारको मात्रै निर्वाचन चिह्न हुनेछ । अर्थात् कुनै पनि क्षेत्रमा उम्मेदवारी नदिएका दलका उम्मेदवारको भने चिह्न मतपत्रमा रहनेछैन । यसअघि स्थानीय तह निर्वाचनमा उम्मेदवार नहुँदा पनि मतपत्रमा दलको निर्वाचन चिह्न कायम हुँदा धेरै मत बदर भएको थियो । आयोगले सोही कारण यसपटक उम्मेदवार कायम भएकाको मात्रै निर्वाचन चिह्न राखेको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फको लागि आवश्यक पर्ने मतपत्रको छपाइ भने सकिसकेको छ । सात प्रदेशको समानुपातिकतर्फ प्रत्येक प्रदेशमा फरक तथा प्रतिनिधि सभातर्फको पूरै देशलाई एक निर्वाचन क्षेत्र मान्ने समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि छुट्टै एक प्रकारको मतपत्र प्रयोग हुने आयोगले बताएको छ ।

सात प्रदेशको प्रदेशसभाका समानुपातिक निर्वाचन प्रणालीका लागि सात प्रकारका तथा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि एकप्रकारको मतपत्र प्रयोग हुनेछ ।

यी सबै गरी आगामी निर्वाचनमा एक जना मतदाताले चारवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा एक÷एक तथा समानुपातिकतर्फ अर्को एक÷एक गरी कुल चारवटा मतपत्रमा मतदाताले मत दिनुपर्नेछ ।

‘एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी दुईवटा मतपत्र तथा प्रदेश सभातर्फ पनि सोहीअनुसार गरी चारवटा मतपत्रमा मतदान गर्नुपर्छ,’ आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने ।

आयोगले दुवै निर्वाचनका लागि प्रत्यक्षतर्फ २/२ करोड गरी ४ करोड र समानुपातिकतर्फ पनि २÷२ करोड गरी ४ करोड गरी कुल ८ करोड मतपत्र आवश्यक पर्ने बताउँदै आइरहेको छ ।

नेपाललाई जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा १ सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहनेगरी पहिलो हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने १ सय ६५ जना र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित भएका १ सय १० जना गरी प्रतिनिधिसभामा कुल २ सय ७५ सदस्य रहने संवैधानिक व्यवस्था छ ।

यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीतर्फ २ सय २० गरी नेपालका सातवटै प्रदेशमा गरी प्रदेशसभामा कुल ५ सय ५० सदस्य रहने व्यवस्था छ ।

आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाताले मतदानको अधिकार पाउनेछन् । आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको हो ।

आयोगका अनुसार निर्वाचनका लागि ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य मतदाता कायम भएका छन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि भने आयोगमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम दर्ता थियो । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता स्थानीय तह निर्वाचनमा मतदानका लागि योग्य मानिएको थियो ।

आयोगले आगामी निर्वाचनमा पनि नामावलीमा नाम दर्ता भएका र ३ मंसिरमा १८ वर्ष पुग्ने मतदातालाई मात्र निर्वाचन प्रक्रियामा हुने मतदानमा सहभागी गराउनेछ ।

आयोगले निर्वाचनमा खटिने कर्मचारी सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धाश्रममा रहेका मतदातालगायतलाई अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिक निर्वाचन प्रणालीतर्फ मताधिकार दिनेगरी तयारी गरिरहेको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ०१ बजे

पोखरामा जीप दुर्घटना, आठ चिनियाँ पर्यटक घाइते

पोखरा । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ

लुम्बिनीमा सत्तारुढ दलको भागबण्डा टुंगियो, आज सरकार विस्तार हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ

बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी, नेपाल र भारतका ११ दमकलले आगो निभाउँदै

बाँके । बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा

सुदूरपश्चिममा सरकार दाबि गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न