५ पुस २०८२, शनिबार | December 20, 2025

डा. निकोलसका पक्षमा आएन अन्तरिम आदेश



काठमाडौं । रुपन्देही-२ मा प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीका उम्मेदवार डा.निकोलस भनिने कमल भुसालको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पार्टीको चुनाव चिन्ह लौरो लिएरपनि आफुलाई स्वतन्त्र उम्मेदवारकारुपमा उम्मेदवारीको घोषणा गरेका भुसाल विरुद्ध उजुरी परेपछि निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यस विरुद्ध उनी सर्वोच्चमा रिट दर्ता गर्न पुगेका थिए । उनको रिट माथि सुनुवाई गर्दै आदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एक इजलाशले अन्तरिम आदेश दिन अस्विकार गर्दै कार्तिक १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । भुसालको पक्षमा अधिवक्ताहरु भिमार्जुन आचार्य र दिनेश त्रिपाठीले बहस गरेका थिए ।

अन्तरिम आदेश नदिएसंगै निर्वाचन कानुन अनुसार भुसालको उम्मेदवारी खारेजी कायम रहेको र उनले कात्तिक १५ गतेसम्म प्रचार प्रसार गर्न पाउने छैनन् । चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका विद्यार्थी भुसाल संस्थानलाई जानकारी नै नगराई उम्मेदवारी दर्ता गरेको भन्दै उजुरी परेपछि निर्वाचन कार्यालयले निकोलसको उम्मेदवारी खारेज गरेको थियो ।

भुसाल चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालमा एमडी तहमा अध्ययनरत विद्यार्थी हुन्। आफुले शिक्षण अस्पतालमा उम्मेदवारी दिने पूर्व जानकारी दिएको बताएपनि उनले बिदामा बस्नका लागि मात्र निवेदन दिएको तर उम्मेदवारी दिनेबारे संस्थानलाई जानकारी नगराएको बताइएको छ । नेपाल सरकारले उपलब्ध गराएको छात्रवृति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले उनी सरकारबाट आर्थिक लाभ लिइरहेका उम्मेदवारमा परेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

उनले गत जेठ महिनामा नै एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध आफ्नो उम्मेदवारी घोषणा गर्दै पर्रोहा धाममा स्वास्थ्य शिबिर संचालन गरेर चुनावी प्रचार थालेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ६ : ३० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता