५ श्रावण २०८३, मंगलबार | July 21, 2026

उम्मेदवारको खर्च सीमा कहाँसम्म ?



काठमाडौं । उम्मेदवारले निर्वाचनमा गर्ने खर्च सीमा तोकिएको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगले खर्च सीमा तोकेको हो ।

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचानमा उम्मेदवारले खर्च गर्न पाउने सीमा र क्षेत्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को प्रतिकूल नहुनेगरी उम्मेदवारले गर्न पाउने खर्च शीर्षक तोकेको हो ।

जसअनुसार उम्मेदवारले मतदाता नामावली खरिद, प्रचारप्रसार सामग्री, गोष्ठी अन्तत्र्रिmया, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन, सवारीसाधन, ढुवानी र अन्य प्रचारप्रसारका शीर्षकमा आयोगले तय गरेको सीमाभित्र रहेर खर्च गर्न पाउनेछन् ।

आयोगले प्रतिनिधिसभातर्फ २५ देखि ३३ लाखसम्म खर्चको सीमा तोकेको छ । यस्तै, प्रदेशसभातर्फ एक जना उम्मेदवारका लागि १५ देखि २३ लाखसम्म खर्च गर्न पाउनेगरी सीमा तोकेको छ । आयोगले निर्धारण गरेको खर्चको अधिकतम हदको सूचीअनुसार प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्रमा २५ लाख, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, ६५ क्षेत्रमा २९ लाख, ५२ क्षेत्रमा ३१ लाख तथा २६ क्षेत्रमा ३३ लाखसम्म खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरेको हो ।

यसैगरी प्रदेशसभातर्फ ७० वटा निर्वाचन क्षेत्रमा १५ लाख, १ सय ४३ क्षेत्रमा १७ लाख, ५६ क्षेत्रमा १९ लाख, २९ क्षेत्रमा २१ लाख, ३२ क्षेत्रमा २३ लाखसम्मको हद तोकेको छ । प्रतिनिधि र प्रदेश सभातर्फ आयोगले तोकेको यी रकम प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका लागि रहेको आयोगले जनाएको छ ।

समानुपातिकतर्फ भने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद प्रत्येक राजनीतिक दलले पेस गरेको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्याअनुसार प्रतिउम्मेदवार २ लाख रहने आयोगले जनाएको छ ।

समानुपातिकतर्फ प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको हद राजनीतिक दलले सम्बन्धित प्रदेशमा पेस बन्दसूचीमा सूचीकृत उम्मेदवार संख्याअनुसार प्रतिउम्मेदवार १ लाख खर्च गर्न पाउनेछन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ०५ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान